कफी लगानी सम्मेलन पूर्व ध्यान दिनु पर्ने केहि आधारभूत पक्षहरू:

डा. राजकुमार बन्जारा, नेशनल कफी एकेडेमी | फागुन १५, २०७५

 

साना किसानहरूले पारिवारिक लगानीको रुपमा संचालित हालको कफीकृषि प्रणालीले बजार खोज्न, उत्पादनलाई बजार सम्म पुर्याउन, नयाँ प्रविधि प्रयोग गरी प्रतिस्पर्धी गुणस्तर र मूल्य कायम राख्न गाह्रो हुने कुरा स्वाभावीक नै हो अझ त्यसमाथि राष्ट्रिय अन्तराष्ट्रिय ब्यापारिक प्रतिष्ठानहरुसंग प्रतिस्पर्धा गर्दा उक्त सानो उद्योग आर्थिक रुपमा सफल हुन गाह्रो हुने भएकाले कफी क्षेत्रको विकासको लागि ठूला लगानी कर्ताहरूलाई  आह्वान गर्नू राम्रो प्रयास हुन सक्छ।

तर संसारका अधिकासँ कफी उत्पादक देशहरूमा साना किसानहरूले नै सफल रूपमा कफी उद्योग धानिरहेका र आफ्नो देशको आर्थिक क्षेत्रलाई उल्लेखनिय योगदान पुर्‍याएका छन् भन्ने तत्थलाई पनि भुल्नु हुन्न। उदाहरणका लागि संसारका ७ प्रमुख कफी उत्पादक देशहरूलाई हेरौ: ब्राजिल, भिएतनाम, कोलम्बिया, ईन्डोनेसिया, ईथियोपिया, होन्डुरस् र भारत।

  • नेपालको Unique Selling Point (USP) भनेकै “साना किसानहरुले उत्पादन गरेको गुणस्तरिय कफी” हो जसले गर्दा नेपाली कफी दुई विशाल कफी उत्पादक छिमेकि राष्ट्रहरू विच प्रतिस्पर्धा भन्दा माथि रहन सफल भएको छ र दिगोपनाको हिसाबले यो नै चलाखीपूर्ण रणतिनि हुन सक्छ भन्ने कुरालाई ख्याल गर्नु पर्छ।

 

  • अहिलेको चुनौती उत्पादन कम हुनु मात्रै होईन मुल्य अनुरुप गुणस्तरिय उत्पादन दिन नसक्नु पनि हो। धैरै उत्पादन गर्दैमा धरै आय गर्न सकिन्छ भन्ने कुरा कफीमा लागु हुदैन बरू ५ टन कमर्सियल ग्रेडको कफी उत्पादन गर्नु भन्दा १ टन स्पेशल्टि ग्रेडको कफी उत्पादन गर्दा बढि आय गर्न सकिन्छ भन् कुरा बुझ्न जरुरी छ। अहिले नेपाली कफी कृषकलाई अन्तर्राष्ट्रिय बजारले माग गरेको उच्च गुणस्तरिय कफी उत्पादन गर्ने शैक्षिक र प्राविधिक ज्ञानको खाँचो छ। ठुलो परिमाणमा कमर्सियल ग्रेडको कफी उत्पादन गरेर नेपाली कफी प्रतिस्पर्धि बन्न सक्दैन।

 

  • पछिल्ला समयमा देखा परेका कफीका नयाँ आयाम र प्रवृत्तिहरू जस्तो 3rd Wave/4th Wave Movements, Direct Trade Concept, Traceability आदिले साना उत्पादकहरूलाई नै विशेष प्राथमिकतामा राखेको र अधिकतम श्पेशल्टि कफी रोष्टरहरुले सिधा साना किसानहरू संग नै कफी खरिद गर्ने गरेको यथार्थलाई ख्याल गर्नु पर्छ।

 

  • FAO ले प्रकाशित गरेको Statistical Pocket Book for Coffee ले जारि गरेको तथ्याङ्कले भन्छ कफीले बहुसंख्यक गरीव र साना किसानहरूलाई गरिविको चंगुल (poverty trap) बाट उम्कन महत्वपूर्ण भुमिका निर्वाह गरेको छ।

यदि माथी उल्लेखित यथार्थहरूका बाबजुद लगानी सम्मेलन गर्ने हो भने पनि निम्न विद्यमान चुनौतीहरुको समाधान पश्चात मात्रै प्रस्थावित लगानी सम्मेलन आयोजना गर्नु वांछनीय देखिन्छ किनकि चुनौतिका चाङ्हरू माझ लगानीकर्ताहरू आकर्षित हुदैनन् र उक्त सम्मेलनले चाहेको उद्देश्य पुरा हुन सक्दैन।

 विद्यमान चुनौती समाधान
१.       अनुसन्धान र  रुपान्तरण (‌विकास): गुणस्तरिय र जात खुलेको विउ तथा प्राबिधिक अभाव

(NTCDB स्थापनाको २५औ वर्षसम्म पनि  कफी बोर्ड भित्रै प्राबिधिक, प्राबिधिक ईकाइ, Coffee Help Desk नहुनु विडम्मना हो )

१.       विउ स्रोत केन्द्रको स्थापना र World Coffee Research (WCR) संगको सहकार्यमा Research Center संचानल गर्ने।

·        कफी किसान तथा प्राबिधिक, उद्यमीलाई वार्षिक क्यालेण्डर बनाएर शैक्षिक एवं प्राविधिक तालिम निरन्तर रूपमा दिइरहनुपर्छ।

२.      आन्तरिक वजार गुमाउदै, अन्तराष्ट्रिय बजारको प्रतिस्पर्धाबाट वाहिरिदै ।

उच्च मुल्यको कारणले गर्दा आन्तरिक वजार गुमाउदै छ भने मुल्य अनुसारको गुणस्तर नभएकाले अन्तराष्ट्रिय बजारको प्रतिस्पर्धाबाट वाहिरिदै छ

२. Two pillar long term strategy:

·        Improve QUALITY /

·        Increase QUANTITY

दुई समुह बनाएर- भैरहेको उत्पादनलाई गुणस्तरीय बनाउने र नयाँ कफी क्षेत्र पहिचान गरि वा भैरहेको कफी क्षेत्रमा उत्पादन विस्तार गर्ने।  “Cost effective organic farming in coffee”

३.       लगानीको प्रमुख हिस्सा जग्गाजमिन र मानवश्रमा जान्छ। सङ्घीय संरचनामा कफीकृषिलाई कसरी अगाडि बढाउने भन्ने बारे कुनै ठोस खाका तयार भएको देखिएको छैन । कफी र समग्र कृषि निति/कार्यक्रम केन्द्रीय सरकारको मातहतमा रहने कि स्थानीय निकाय आफैँले व्यवस्था गर्ने भन्ने विषय आम जनतामा अन्योल छ । ३. कफी खेतिको लागी लिजिङ प्रणालीको व्यबस्था मिलाउने

 

कफीमा धेरै आयोजनाहरू सञ्चालन भइसकेका छन् तर अधिकासँ आयोजनाहरूको प्रतिफल भने चाहेअनुरूप आएको छैन । । कफीमा लगानी गर्ने निकायहरूले ठोस र परिणाममुखी आयोजनाहरूमा मात्रै लगानी गर्नुपर्छ ।

माथि उल्लेखित सबै पक्षहरूलाई हेर्दा प्रस्तावित सम्मेलन समय भन्दा अली अगाडि छ कि; बरू अहिले कफी किसान सम्मेलन पो  गर्दा वढि फाईदा पुग्छ कि? कफी कृषिले साँच्चिकै काँचुली फेर्न साना किसानहरू र सहकारीहरु लाई नै सक्षम र बलियो बनाउनु पर्छ कि?

 

ब्राजिल जो बिगत १५० वर्ष देखि #१ कफी उपादक, संसारको एक तिहाई कफी एक्लै उत्पादन गर्ने, २७,००० व.किमि. कफी क्षेत्र ओगटेको देश छ त्यहाँ २ लाख २० हजार कफी फार्महरू छन्।

 

  • साना किसानहरुले कफी उत्पादन गर्दा सम्पूर्ण पारिविरिक सदस्यले रोजगरी पाउँछन्, ऊच्च गुणस्तरिय single origin small batches कफी उत्पादन गर्न सक्छन जसले गर्दा नेपाल दुई विशाल कफी उत्पादक छिमेकि राष्ट्रहरू विच प्रतिस्पर्धा भन्दा माथि रहन सक्छ भन्ने कुरालाई पनि ध्यान दिईनु पर्छ।